७ बैशाख २०८१, शुक्रबार

चिनको नयाँ राजदूतमा पाण्डे सिफारिस, लीलामणि पौडेल फिर्ता

lilamani pandey

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको छ ।यसबारे अघिल्लो बैठकमा पनि छलफल भएको थियो। आइतबारकै बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ ।

ललिता निवास प्रकरणमा राजदूत पौडेलको नाम जोडिएपछि उनलाई फिर्ता बोलाउने निर्णय गरिएको हो ।

पौडेलको चारवर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी थियो। केपी ओली पहिलो पटक प्रधानमन्त्री छँदा चीनमा पाण्डेलाई पठाउने निर्णय भएको थियो। पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेपछि त्यो निर्णय उल्ट्याएर पौडेललाई पठाइएको थियो।