fbpx
३ जेष्ठ २०७८, सोमबार

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवकबारे बोल्यो नेकपा जुम्ला, नेकपा कार्यकर्ता होइनन्’

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने नेत्रविक्रम चन्द विप्लव समूहका समर्थक रहेको खुलेको छ। नेकपा जुम्लाका अध्यक्ष दिलबहादुर कुँवरले उनी बाहिर हल्ला भएजस्तो शहीद पुत्र नभएको जानकारी दिए। आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि रतन तिरुवा नाम गरेका २२ वर्षीय युवकले जुत्ता प्रहार गरेका थिए।

रनत जुम्लाको सिँजा गाउँपालिका–२ घोर्डिङाका मनु तिरुवाका छोरा हुन्। उनी पूर्व लडाकु वा नेकपाकै कार्यकर्ता रहेको भनी गरिएको प्रचार निराधार रहेको नेकपाका जुम्ला अध्यक्ष कुँवरले बताए।

तिरुवाले राष्ट्रियसभा गृहमा आयोजित भरतमोहन स्मृति सभामा सम्बोधन सकेर फर्किदै गरेका प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर जुत्ता प्रचण्डलाई नलागी अन्य कसैलाई लागेको थियो । तिरुवाका बावु मुन तिरुवा माओवादी लडाकु रहेको र जनयुद्धमा सहिद भएको भनिएको थियो । त्यस्तै रतनलाई नेकपा जुम्लाका कार्यकर्ता रहेको बताइएको थियो ।

उनले प्रहरीसमक्ष आफू पूर्वलडाकु र शहीदको छोरा रहेको भनेको सुन्नमा आएको छु कुँवरले भने,‘माओवादी जनयुद्ध रोकिएको नै १४ वर्ष भइसक्यो २२ वर्षको मान्छे कसरी पूर्वलडाकु भयो?’।

उनका बाबुको मृत्यु भएको साँचो भएपनि उनी युद्धमा मारिएको नभई अर्कै कारणले त्यो पनि भारतमा मृत्य भएको कुँवरले जानकारी दिए। यसबारे सत्तारुढ दल नेकपा जुम्लाले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा रनत तिरुवा शहीद परिवार वा नेकपाको कर्ताकर्ता नभएको स्पष्ट पारिएएको छ । रनत यसअघि पनि अराजक गतिविधिमा संलग्न रहेको र प्रहरीले खोजी गरिरहेका व्यक्ति भएको दाबी नेकपाले गरेको छ।

    सम्बन्धित समाचार...