१३ बैशाख २०८१, बिहीबार

राजदूत फिर्ता बोलाउने विषयमा कुनै गृहकार्य भएको छैन : परराष्ट्र

foreign ministry nepal

सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाउने भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले राजदूत फिर्ता बोलाउने विषयमा कुनै गृहकार्य नभएको प्रष्ट पारेको छ।

“राजदूतहरू फिर्ता बोलाउने गृहकार्य भन्ने विषयमा केही सञ्चार माध्यममा आएको समाचारबारे यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। उक्त समाचारमा कुनै सत्यता नभएको ब्यहोरा जानकारी गराइन्छ”, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सोही विज्ञप्तिमा मन्त्रालयले यस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नुपूर्व आधिकारिक निकायबाट सत्यतथ्य यकिन गर्न समेत आग्रह गरेको छ।

foreign ministry ambassdor of nepal