१३ बैशाख २०८१, बिहीबार

हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याम बाढीले बगायो

dyam

अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं.को २३ हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याम बाढीले बगाएको छ ।

रातीदेखिको निरन्तर वर्षा पछि खोलामा आएको बाढीले फेवा ताल जोगाउन करोडौँ रकम खर्चेर निर्माण गरिएको सिल्टेसन ड्याम बगाएको हो ।

भीषण बाढीका कारण हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याम पूर्णरुपमा भत्किएको छ भने तल्लो तटीय क्षेत्रको बस्ती जोखिममा परेको छ ।

वर्षामा आउने बाढी पहिरोलाई रोकेर फेवातालमा जाने ढुंगामाटो रोक्ने उद्देश्यले हर्पन खोलामा सिल्टेसन ड्याम निमार्ण गरिएको थियो । प्रदेश सरकार र पोखरा महानगरपालिकाको लगानीमा फेवातालको मुख्य स्रोत हर्पन खोलाको घाँटीछिना, बेतयानी खोलामा दुई ठाउँ, लौरुक खोला र अधेरी खोलामा चेकड्याम र सिल्टपोखरी निर्माण गरिएको छ ।