२२ बैशाख २०८१, शनिबार

युरोकपको पहिलो सेमिफाइनलमा आज इटालीले स्पेनको सामना गर्ने

italy psn

युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । इटाली र स्पेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज इटाली र स्पेन जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराउँन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ । युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो ।