१६ चैत्र २०८०, शुक्रबार

अष्ट्रीयालाई पराजित गर्दै सेमिफाइनल प्रवेश

women euro 2022 germany

अष्ट्रीयालाई २-० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक-एक गोल गरे ।

लिलाले २५औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् ।

जर्मनी नवौं पटक युरो उपाधी जित्ने योजनामा रहेको छ । अब, फाइनल प्रवेशका लागि जर्मनीके फ्रान्स र नेदरल्यान्डबीचको विजेतासंग खेल्नेछ ।