१६ चैत्र २०८०, शुक्रबार

सेमिफाइनलमा फ्रान्स र पोल्यान्ड

vollyball scaled

बलियो फ्रान्स र पोल्यान्ड भलिबल नेस्नल लिग (भिएनएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहिवार राति भएको क्वाटरफाइनलमा फ्रान्सले जापानलाई सोझो सेटमा पराजित गर्यो ।

सहज जित निकाल्ने क्रममा फ्रान्सले जापानलाई २६-२४, २५-१६ र २५-२०  ले पराजित गरेकाे हाे ।

यता, पोल्यान्डले इरानलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटले पराजित गरेेकाे छ ।

२५-२१ ले पहिलो सेट जितेको पोल्यान्ड दोस्रो सेट  इरानलाई २४-२६ ले सुम्पियो । तेस्रो सेट पुनः पोल्यान्डले २५-१८ ले जित्यो । चौथो सेटमा इरानले पुनरागमन गर्दै १६-२५ ले जित्यो ।

अन्तिम तथा निर्णायक सेटमा पोल्यान्ड १५-७ ले विजयी भयो । अब, फाइनल प्रवेशका लागि पोल्यान्डले अमेरिकासंग खेल्नेछ ।

    सम्बन्धित समाचार...