१३ बैशाख २०८१, बिहीबार

निषेधज्ञासँगै लामोदुरीका यातायात नखुल्दा हवाइ उडानमा चाप

flight

सरकारले जारी गरेको निषेधज्ञासँगै लामोदूरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुदाँ आन्तरिक हवाइ उडानमा चाप थपिएको पाइएको छ । निषेधज्ञानै समयमा गन्तव्य पुग्न बैकल्पिक मार्गको रुपमा हवाई रुट बने पछि त्रिभुवन विमानस्थलमा यस अवस्था यात्रुहरुको चाप बड्न थालेको छ ।

असार १७ गते देखि सञ्चालनमा आएको आन्तरिक हवाइ उडानमा यात्रुहरुको चाप रहेको विमानस्थलका प्रमुख प्रतावबहादुर तिवारीले जानकारी दिनुभयो । मौसम खराबीले केही जहाज उडानमा ढिले हुदाँ समेत विमानस्थलमा यात्रुहरुको चाप झन् थपिए पछि स्वास्थ्य मापदण्ड कायम गर्न जहाज कुर्न छुट्टै स्थानको निर्माण गरेर व्यवस्थापन शुरु गरेको उहाँले बताउनुभयो ।

सरकारले लामोदूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधन सञ्चालनका लागि कुनै निर्णय गर्न सकेको छैन । जहाज विकल्प भए पनि दोव्वर जस्तै महँगो भएको भन्दै लामोदूरीको यातायात समेत खुल्ला गर्नु पर्ने तिवारीले माग गर्नुभयो । यता हवाइ सेवा कम्पनीहरुले भने स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी ५० प्रतिशतका दरले मात्र उडान गराउदा केही महँगो पर्न गएको जनाएको छ ।

हाल दैनिक बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान गर्ने अनुमती नागरिक उडड्यन प्राधिकरणले दिएको छ । यि सबै जहाजले विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उडान गर्दै आएका छन्।

हाल दैनिक ५० वटा भन्दा बढी उडान हुने गरेको विमानस्थलको तथ्याङक छ । शुक्रबार र शनिबार भने खराब मौसमले गर्दा केही उडान हुन सकेको थिएन । सरकारले दिएको निर्देशन अनुसार नागरिक उडड्यन प्राधिकरणले १० मिनेट फरकमा मात्र उडान गर्नु पर्ने, भीडभाड गर्न नहुने, ५० प्रतिशत मात्र यात्रु बोक्नु पर्ने, व्यागेजहरु स्यनिटाइन गर्नुपर्ने जस्ता मापदण्ड अनिवार्य गरेको छ ।

विमानस्थलका प्रमुख तिवारीले भने उडानलाई थप व्यवस्थित र परिमार्जन गर्न कोभिड संक्रमण स्थिति, हाल अपनाएको रणनीति, यसको प्रभावकारी, विश्वासनियताको समीक्षा गरेर मात्र थप गर्ने पक्षमा रहेको बताउनुभयो ।