८ बैशाख २०८१, शनिबार

पार्टी अध्यक्ष ओली र तपाईं मिल्नुस् भनेर नेता नेपाललाई प्रस्ताव राख्यौं : विष्णु पौडेल

bishnu poudel
फाइल फोटो

नेकपा एमाले एकताका लागि पार्टीका दोस्रो तह तथा यु पुस्ताहरु निरन्तर प्रयासमा लाग्दै आउनुभएको छ । आइतबार विहान पनि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहनुभएका पार्टी उपमहासचिव विष्णु पौडेलले दिउँसो पत्रकारहरुलाई बैठकबारे जानकारी दिनुहुँदै नेता नेपाललाई पार्टी अध्यक्ष ओलीसँग भेट गर्न र मिल्न प्रस्ताव गरिएको बताउनुभयो ।

उहाँले आफूसहित सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेलका नेताहरुसँग नेपाल निवास कोटेश्वरमा पुगी उक्त प्रस्ताव गर्नुभएको पौडेलले बताउनुभयो । पार्टी एकताबद्धताका लागि समाधान नै गर्न नसकिने त्यस्तो कुनै पनि कुरा नभएको र यसका लागि आफूहरु पनि निरन्तर छलफलमा रहेको कुरा पौडेललगायतका नेताहरुले नेता नेपालसँग राख्नुभएको थियो । तर नेता नेपालले पार्टी अध्यक्ष ओलीसँँग भेट गर्ने रुची राख्नुभएन, पौडेलले बताउनुभएकोे छ ।