१५ बैशाख २०८१, शनिबार

रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको हृदयघातबाट मृत्यु

IMG 20210704 091134 Uw99vPtbFE 526x375 1

सर्लाहीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको हो ।

नेपाली काँग्रेसबाट निर्वाचित बर्माको उपचारको क्रममा काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ । हृदयघातका कारण अध्यक्ष बर्माको मृत्यु भएको हो । अन्दाजी ७० वर्षीय अध्यक्ष बर्मा २०३५ सालदेखि गाविस अध्यक्ष हुँदै स्थानीय तहको निर्वाचनपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । रामनगर गाउँपालिकाको खैर्वा निवासी रहेका अध्यक्ष बर्मा ५ पटकसम्म गाविस अध्यक्ष रहिसकेका छन् भने उनी नेपाली काँग्रेसको महासमिति सदस्य थिए । उनको पार्थिव शरीरलाई काठमाण्डौबाट पैतृक गाउँ खैर्वा ल्याई अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।