७ बैशाख २०८१, शुक्रबार

प्रदेश २ मा अबिरल वर्षा-सहरमा पानी, गाउँवस्ती डुबानमा, नदीहरुमा बाढी

flooded brj 750x375 1

प्रदेश २ मा तीनदिन देखि निरन्तरको वर्षाले जनजीवनलाई अस्तव्यवस्त बनाएकोछ ।सहरको घरमा पानी पसेको छ ।गाउँवस्तीहरु डुबानमा परेका छन् ।नदीहरुमा आएको बाढीले सयौं घरपरिवार जोखिमा रहेकोछ ।

पर्साबाट अनिल तिवारीले जनाए अनुसार अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलामा पानीको सतह बढेर बस्ती डुबानमा परेकोछ ।वीरगन्ज महानगरपालिकाको अधिकांस क्षेत्र डुवानमा परेको हो ।श्रीसिया खोलाको पानी वीरगन्जमा प्रवेश गरेपछि राधामाई टोल,मुर्ली आदर्शनगर छपकैया लगायतको सहरी क्षेत्रमा भारी क्षति भएकोछ ।पसल र घरहरुमा पानी पसेर कयौ परिवारको खाने समस्या देखिएकोछ । निरन्तरको वर्षाले जनकपुरधाम उप– महानगरपालिका–२५ लोहनामा आधा दर्जन घर भत्किएको छ । स्थानीय गÞुलाम रसूल राईन, नथुनी राईन, हरि चन्द्र सदा, गंगा साह लगायतका घर वर्षाले गर्दा क्षतिग्रस्त बनेको छ ।शनिवार बिहान ११ बजे सम्म नगर क्षेत्रको अधिकांश भाग डुबानमा थियो ।घरमा पानी पसेको कारण कयौं परिवारमा दिनको खाना पाकेन् । रौतहटबाट राकेश यादवले जनाए अनुसार अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले रौतहटको कटहरिया– गम्हरीया सडकखण्ड अवरुद्ध भएको छ । लगातार भइरहेको भारीवर्षाले लालबकैया नदीमा आएको बाढीले कटहरिया–गम्हरिया सडकमा आवागमन ठप्प भएको हो । कटहरिया–गम्हरिया सडकखण्डको लालबकैया नदीको पुल भन्दा करिव सय मिटर पश्चिमपट्टी मुख्य बाटोमै करिव २० मिटर लामो कजबे(लचका) निर्माण गरिएको छ ।

लालबकैया नदीमा आएको बाढीको पानी सो कजबे माथी नै भएर बग्न थालेपछि बाटो अवरुद्ध भएको छ । तर सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा जलसतह घट्न थालेको छ । शनिबार बिहान भारी वर्षा हुँदा बागमती नदीमा जलसतहले खतराको तह पार गरेको थियो । बागमतीस्थित पधेरादोभान जलमापन केन्द्रमा शनिबार दिउँसो १२ः३० बजे गरिएको मापन अनुसार बागमतीको जलसतह सतर्कता तह आसपास रहेको थियो । बागमतीमा पानीको गहिराई छ मिटरको आसपास पुगे सतर्कताको तह मानिन्छ । शनिबार बिहान १० बजेको मापनमा बागमती नदीको पानीको सतक ६.८ मिटर पुगेर खतराको तह पार गरेको थियो । पानी पर्नेक्रम कम भएसँगै नदीमा पानीको सतह घट्दै गएको बागमतीस्थित ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक प्रविण भट्टराईले बताए । राजविराजबाट मनोज माझीले जनाए अनुसार भारी बर्षाका कारण सप्तरी जिल्लाको त्रियुगा, खडग, सप्तकोशी लगायतको नदीमा आएको बाढीले आधा दर्जन स्थानिय तहका करिव ३ सय घर डुवानमा परेकोछ । लगातारको बर्षाले विभिन्न नदी र खोलामा आएको बाढीले जिल्लाको कतिपय स्थानमा रहेको तटबन्धमा कटान समेत सुरू गरेको छ ।

सप्तकोशी नदीको बाढी शुक्रबार राती बस्तीमा पस्दा हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्वर ९, १०, ११, १२, र १३ का २ सय भन्दा बढी घर डुवानमा परेको हो । यस्तै त्रियुगा, अमहा, टेंगा, गंगाजली लगायत नदीको पानी पस्दा सप्तकोशी नगरपालिकाको वडा नम्वर १, २, ३ र ४ का करिव १ सय घर डुवानमा परेको छ ।