७ बैशाख २०८१, शुक्रबार

सेभ द चिल्ड्रेनद्वारा प्रदेश २ सरकारलाई ७३ लाखको स्वास्थ्य सामग्री सहयोग

GjnB0RYg 750x375 1

कोरोना महामारी नियन्त्रणको लागि सेभ द चिल्ड्रेनले प्रदेश २ सरकारलाई ७३ लाख ५८ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा सामाजिक विकास मन्त्री नवल किशोर साहलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् । कोभिड १९ को सम्भावित तेस्रो लहरमा बालबालिकाहरु प्रभावित हुने अनुमान गरिएकोले सेभ द चिल्ड्रेनले सो को पूर्व तयारी स्वरुप सामग्रीहरु हस्तान्तरण गरेको हो । होस्पिटल बेड, डेडबडी व्याग, अक्सिजन कन्सन्ट्रेटर, पिपिई, फेस सिल्ड स्यानिटाइजर लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।