१२ बैशाख २०८१, बुधबार

कोपा अमेरिकाः चिलीलाई हराउँदै ब्राजिल सेमीफाइनलमा प्रवेश

1326712953.0

चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमीफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० ले हराउँदै सेमीफाइनल यात्रा तय गरेको हो । अब सेमीफाइनलमा ब्राजिलले पेरुको सामना गर्नेछ ।

खेलको ४६ औँ मिनेटमा लुकासले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटपछि खेलको ४८ औँ मिनेटमा ब्राजिलका जेसस रातो कार्ड खादै बाहिरिएका थिए । १० खेलाडीमा सिमित ब्राजिलमाथि चिलीले दवाब बनाए पनि गोल गर्न सकेन ।