१६ चैत्र २०८०, शुक्रबार

भेरोसेल खोप लिन विमान २४ गते चीन जाँदै, दश लाख डाेज ल्याइने

nepalairlines a320 airbus

नेपाल एयरलाइन्सको विमान असार २४ गते खोप लिन चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जान लागेको जानकारी दिनुभयो ।

यता शुक्रबारै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थप खोप ल्याइने बताउनुभएको थियो ।

नेपाल एयरलाइन्सका महाप्रबन्धक पौडेलले भन्नुभयो, ‘आगामी जुलाई ८ ताारिक अर्थात् असार २४ गते चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट निर्देशन आएको छ । विमान ८ तारिकमा बेइजिङ उडाने तयारी गरिएको छ । यो पटक १० लाख खोप ल्याइने छ ।’ सरकारले चीनसँग भेरोसेल खोप खरिदको पहल गरिरहेको थियो ।