१६ चैत्र २०८०, शुक्रबार

कोपा अमेरिका फुटबलः ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल खेल भोलि बिहान

copa

कोपा अमेरिका अन्तर्गतको खेल नेपाली समयअनुसार आइतबार बिहान ब्राजिल र अर्जेन्टिनाबिच फाइनल हुनेछ ।

ब्राजिलमा जारी प्रतियोगिताको उपाधि भिडन्त हुन लागेको हो । ब्राजिल र अर्जेन्टिना आमने–सामने हुँदै छन् ।

विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी लियोनल मेस्सी र नेयमारका लागि यो उपाधि महत्त्वपूर्ण रहेको छ । यसअघि दुवै खेलाडीले देशका लागि ठुलो उपाधि जिताउन सकेका छैनन् ।

विश्व फुटबलमा लामो समयदेखि राज गरिरहेका मेस्सीले देशका लागि चौथो पटक ठुलो प्रतियोगिताको फाइनल खेल खेल्दै छन् । योभन्दा पहिला उनले एक विश्वकप र दुई कोपा अमेरिकाको फाइनल खेलिसकेका छन् । त्यसैले पनि मेस्सीका लागि यो उपाधि महत्त्वपूर्ण रहेको छ ।

यसको नतिजाले दक्षिण अमेरिकी च्याम्पियन दिनेछ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित स्थल माराकाना स्टेडियममा फाइनल खेल हुनेछ ।

उपाधिका लागि दुवै च्याम्पियन टिम ब्राजिल र अर्जेन्टिना भिड्ने छन् । जुन यसपल्ट कोपाको आकर्षण रहेको छ ।

युवा स्टार नेयमरको ब्राजिल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । ब्राजिललाई उपाधि जित्नबाट छेक्ने काम लियोनल मेसीले गर्ने छन् ।

यी दुई फुटबल टिमले सातपल्ट विश्वकप जितेका छन् भने २३ पल्ट कोपा अमेरिकाको उपाधि हात पारेका छन्  । सन् १९९३ यता अर्जेन्टिनाले कोपा जित्न सकेको छैन ।