
चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमीफाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० ले हराउँदै सेमीफाइनल यात्रा तय गरेको हो । अब सेमीफाइनलमा ब्राजिलले पेरुको सामना गर्नेछ ।
खेलको ४६ औँ मिनेटमा लुकासले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटपछि खेलको ४८ औँ मिनेटमा ब्राजिलका जेसस रातो कार्ड खादै बाहिरिएका थिए । १० खेलाडीमा सिमित ब्राजिलमाथि चिलीले दवाब बनाए पनि गोल गर्न सकेन ।