१४ बैशाख २०८१, शुक्रबार

अदालतलाई ओलीले धम्की दिने क्रम रोकिएनः सभापति देउवा

bipachhi gathabandan

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई निरन्तर धम्की दिइरहेको दाबी गरेका छन् ।

विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा उनले कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भएपनि न्यायालय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरु प्रधानमन्त्रीको धम्कीबाट डराउने छैनन् भन्ने विश्वास आफुले लिएको बताए ।

उनले भने, “उहाँ प्रधानमन्त्रीले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरूले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश रु कहाँबाट न्यायालय टिक्ला त रु कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुन्छ । संसद पनि कहिलेकाहीँ ठप्प गरिदिनसक्छ बहुमतको आधारमा ।

तर एउटा मात्रै संस्था छ जो न्याय गर्छ । त्यो हो न्यायालय । त्यसकारण स्वतन्त्र न्यायालय भनेको त्यो हो । त्यो मात्रै स्वतन्त्र न्यायालय हो । प्रधानमन्त्रीको केही लाग्दैन यहाँ । कतिवटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ । हामीलाई विश्वास छ ओलीको धम्कीबाट कुनैपनि न्यायाधिशहरु डराउनुहुने छैन । सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडी छ । संविधानले दिएको कुरा गरेको हो हामीले । न्यायाधिशलाई डराउने, तर्साउने काम छैन । विवेकपूर्ण न्यायका लागि हामीले अनुरोध गर्ने हो । ”