१२ बैशाख २०८१, बुधबार

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

1623755634.marshyangdi

अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमल नगरमा मर्स्याङ्दी नदीले जल सतह सतर्कता पार गरेको छ । मङ्गलवार देखी परेको वर्षाका कारण आज मर्स्याङ्दी नदीले जल सतह सतर्कता पार गरेको हो ।

पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जल सतह सतर्कता पार गरेको छ ।