१४ बैशाख २०८१, शुक्रबार

बेटी बचाउ र स्वच्छता अभियान छुट्टै मन्त्रालय हुने

thumb mukhyamantri karyalaya janakpur 1140x570 1

प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागि गराउन विकास सम्बद्ध छुट्टै मन्त्रालय बनाइने भएकोछ ।

उच्च स्रोतका अनुसार मुख्यमन्त्री कार्यालय मातहत रहेको ‘बेटी पढाउ, बेटी बचाउ’र स्वच्छता अभियानलाई छुट्टै मन्त्रालय बनाइने भएकोछ । माओवादीले वाणिज्य तथा आपूर्ती मन्त्रालय लिन अस्वीकार गरेपछि सरकारले अलगै मन्त्रालय गठनगरि दिने तयारी गरेको छ । सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवको पहलमा माओवादी सरकारमा आउन लागेको छ ।

सरकारमा सहभागिताको विषयमा यादव र माओवादी केन्द्रका उच्चस्तरीय नेताबीच छलफल समेत भएकोछ । मन्त्रालयमा भागबण्डा नमिलेकै कारण जेठ २६ गते माओवादी सरकारमा सहभागि भएन् ।अबेरराती सम्म वार्ता चलेपनि परिणाममुखी नभएपछि नेपाली काँग्रेसका तीन जनालाई मात्र मन्त्री नियुक्तगरि सपथग्रहण गराइएको थियो । ‘बेटी पढाउ, बेटी बचाउ’र स्वच्छता अभियानलाई छुट्टै मन्त्रालय बनाउन मुख्यमन्त्री भने सकारात्मक देखिएको छैन् ।

मुख्यमन्त्रीले नचाहेकै कारण माओवादीको सहभागिता हुन सकेको छैन् । ‘बेटी पढाउ, बेटी बचाउ’र स्वच्छता अभियानलाई मुख्यमन्त्री कार्यालयबाट हटाइएपछि त्यहाँ कुनै काम नै रहने छैन् ।मुख्यमन्त्री कार्यालयबाट दुवै कार्यक्रमलाई विशेष महत्वका साथ अगाडी बढाइएकोछ ।

अध्यक्ष यादवपनि त्यसलाई अलग्गै मन्त्रालय बनाएर माओवादीलाई सरकारमा सहभागि गराउन सकारात्मक देखिएका छन् ।अन्य मन्त्रीहरुलेपनि मुख्यमन्त्रीको कार्यालयबाट त्यसलाई हटाउनुपर्ने धारणा राख्छन् । शनिवार बेलुका जनकपुरधाम आइपुगेका अध्यक्ष यादव र नेतृ रेणु यादवले पूर्व राजपाका कयौं नेता, प्रदेश सभासद र संघीय सांसदहरुसित भेंटेका छन् ।

अदालतको आदेशबाट मन्त्रीहरु हटेपछि महन्थ ठाकुर–राजेन्द्र महतो समुहका सरकारमा सहभागि हुन नपाएका सांसदहरु असन्तुष्ट छन् ।उनीहरु यादव समुहमा आउन अध्यक्ष यादवसित भेंट र सम्पर्क बढाएका छन् ।