१३ बैशाख २०८१, बिहीबार

ठाकुर–महतो समुहमा किचलो बढ्यो, निर्वाचन आयोगमा बहुमतको दावी

Untitled 1 750x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समुहले कार्यकारिणी समितिमा बहुमत रहेको दावीगर्दै निर्वाचन आयोगमा जवाफ पठाएको छ । जसपामा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर सहित सशरिर आयोगमा उपस्थित भएर अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकता माग गरेका थिए ।निर्वाचन आयोगले त्यस लगतै ठाकुरलाई १५ दिने सुचनादिदै आधिकारिकतबारे जानकारी माग गरेको थियो । त्यसको प्रतिउत्तरमा ठाकुरले आफ्नो पक्षमा बहुमत रहेको दावीसहित आयोगमा पत्र बुझाएका हुन् । आयोगमा पत्र बुझाउनका लागि कार्यकारिणी समितिका नवसदस्य डा.सुरेन्द्र झा, मुकेश झा र केशव झा गएको बताइएकोछ । ठाकुरको तर्फबाट सोमवार पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दुवै पक्षको निवेदनको छानविनगरि निर्णय दिने बताइएकोछ । गत वर्ष पुस ७ गते बसेको कार्यकारिणी समितिले प्रथम अध्यक्ष ठाकुरलाई कार्यकारि अधिकार दिएको र सो अधिकार प्रयोगगरि कार्यकारिणी समितिबाट २० जनालाई हटाएर २० जना थप गरिएको पत्रमा उल्लेख गरिएको खुलाइएकोछ । ठाकुर पक्षले ३८ जनाको हस्ताक्षर भनेपनि त्यस मध्येकै राजकिसोर यादव, अमृता अग्रहरी लगायतले हस्ताक्षर गरेका छैनन् ।तर उनीहरुको हस्ताक्षरपनि पत्रमा राखिएकोछ ।यादव र अग्रहरी पार्टीको बैठकमा नगएको धेरै भइसकेको छ । ठाकुर पक्षले पुस ७ गतेको बैठकको निर्णयमा अधिकार दिएको दावी गरेपनि अध्यक्ष उपेन्द्र यादव पक्षले त्यस्तो कुनै निर्णय नभएको र किर्ते काम ठाकुरले गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा समेत पत्र दर्ता गराइसकेको छ । सरकारमा सहभागि ठाकुर पक्षिय मन्त्रीहरुलाई अदालतले हटाइदिएपछि सो समुहमा असन्तुष्टि चुलिएकोछ ।ठाकुर पक्षमा केहि दिन पुर्व सम्म रहेका युवा नेता एवं निवर्तमान सांसद प्रमोद यादव लगायतका नेताहरुले जनकपुरधाममा आइतवार अध्यक्ष यादवसित भेंट गरेका छन् । निर्वाचन आयोगमा ठाकुर पक्षले पठाएको पत्रबारे सो पार्टीका चर्चित मस्यौदाकारहरुलाई जानकारी गराइएको छैन् ।त्यस मध्येका एकजना नेताले भने, ‘आयोगमा पत्र पठाइएकोछ , तर ब्यहोराबारे कुनै जानकारी छैन् ।’ अहिले ठाकुर समुहमा सुरेन्द्र झा, मुकेश झा र केशव झाको चुरीफुरी रहेकोछ ।किर्ते जालसाजीमा समेत उनीहरु नै सकृय रहेको स्रोतले जनाए ।

कार्यकारिणी समितिका कतिपय सदस्यहरुले अदालतको फैसला कुरेका छन् ।कतिपय सदस्य र निर्वतमान सांसदहरु अध्यक्ष यादवको सम्पर्कमा छन् । अध्यक्ष यादवले ठाकुरमाथि किर्तेजालसाजीको मुद्दा चलाउन सक्ने संकेत गरिसकेका छन् ।निर्वाचन आयोगलेपनि ठाकुर पुनर्गठन गरेको भनिएको कार्यकारिणी समितिलाई मान्यता नदिने निश्चित नै छ ।ठाकुरले यस अघि नै आयोगमा बिवरण अद्यावधीक गर्न दिएको पत्रलाई कार्यान्वयन गरेको छैन् ।