७ बैशाख २०८१, शुक्रबार

असार १८ बाट सबै यातायात चलाउने यातायात व्यवसायी र मजदूर संगठनको चेतावनी

Buspark
फाइल फोटो

यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।

उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका छन् ।

y1 MoraLK2FyK