१३ बैशाख २०८१, बिहीबार

धनुषामा ७ दिन निषेधाज्ञा थप

janakpur Janaki Mandir

जनकपुरसहित धनुषामा ७ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको बैठकबाट असार २१ गत्ते सम्म निषेधाज्ञा थप गरिने निर्णय भएको छ । पहिलेको तुलनामा अबको निषेधाज्ञा खुकुलो हुने भएको छ ।

थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारीसाधनबाहेक जिल्लाभरि सार्वजनिक सवारीसाधन चलाउन पाइने भएको छ । त्यस्तै, सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुने भएका छन् । भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सुचारु गर्न दिने निर्णय आजको बैठकमा भएको छ ।