१३ बैशाख २०८१, बिहीबार

क्षमताभन्दा बढी यात्रु बोक्दै सवारी साधनले, यस्तो सास्ती भोगे यात्रुले

image

काठमाडौंबाट दशैंको छैटौं दिन पाँच लाख बढी सर्वसाधारणले राजधानी छाडेका छन् । तर, जसोतसो घर फर्किए पनि टिकट काट्दादेखि बस चढ्दासम्म यात्रुले अनेक सास्ती बेहोर्नु पर्‍यो ।

हरेक वर्ष दसैं मनाउन उपत्यकाबाट १५ देखि १८ लाख मानिस बाहिरिने गरेको अनुमानित तथ्यांक छ । घटस्थापनादेखि दसैं सुरु हुने भए पनि फूलपातीको आसपास ठूलो संख्यामा बाहिरिन्छन् ।

छोटो समयमा धेरै मानिस उपत्यकाबाट बाहिरिन अहिले सञ्चालित सार्वजनिक सवारीले धान्दैन । त्यही भएर कतिपय सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोकिरहेका छन् त कति उपत्यकाभित्रै चल्ने सवारी साधन लामो दुरीमा प्रयोग भइरहेका छन् ।दसैं मनाउन राजधानी काठमाडौंबाट घर फर्किने यात्रुका कारण मुलुकभरका राजमार्गमा सवारी चाप बढेको छ ।

काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम क्षेत्र र बीपी राजमार्ग हुँदै पूर्वी क्षेत्र जाने सवारी साधनको जााचमा प्रहरीले कडाइ गरेको छ । तर पनि ठगिनु परेको यात्रुको गुनासो छ ।

दसैं लागेसागै काठमाडौंको थानकोट नाकाबाट मात्रै दैनिक हजारौं सवारी साधन बाहिरिएका छन् । जीर्ण राजमार्गमा यात्रु र सवारी चाप बढ्दा दुर्घटना हुनसक्ने भन्दै प्रहरीले टाइम कार्ड लागू गरेको छ ।

थानकोटबाट छुटेको सयमयलाई आधार मानेर प्रहरीले ठाउँठाउँमा जाँच गरिरहेको छ । राजधानीबाहिर जाने सवारी साधनले रुट परिमट लिँदा अनिवार्य यान्त्रिक परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ ।

लामो दूरीका सवारी साधनले दुई जना चालक राख्नुपर्ने नियममा पनि कडाइ गरिएको छ । यति हुादाहुादै पनि बीचमै यात्रु चढाउने र बढी भाडा असुल्ने क्रम नरोकिएको यात्रुको गुनासो छ । चालकको लापरबाही दुर्घटनाको अर्को प्रमुख कारण हो ।

जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा मकवानपुरबाट ३ र धादिङबाट एक जना चालक पक्राउ परेका छन् ।

राजमार्गमा प्रहरीले रात्रिकालीन गस्ती बढाएको छ भने ठाउँअनुसार सवारी साधनमै हतियारसहितका सुरक्षाकर्मी राख्न थालिएको छ ।

दशैं मान्न घर फर्कदा टिकटका लागि कति पाउनु सम्म सास्ती पाए । हजारौं यात्रुले कुनै न कुनै प्रकारको सास्ती खेप्दै घर फर्किएका छन् । कसैले चाहेको सिट पाएनन् भने कोही कोचिएर बसको गल्लीमै भएपनि यात्रा गर्न बाध्य भए ।

कसैले तोकिएको भन्दा बढि मूल्य तिरेरै भएपनि दशैं मान्न घर फर्किए । जसो जसो दशैं मान्न घर फर्किएपनि दशैं लगत्तै काठमाडौं फर्किनुप्नुपर्ने निश्चित छ । घर जाँदा चुस्त व्यवस्थापन गर्न नसकेका जिम्मेवार निकायले फर्किदा भने केही सुधार गर्ने को कि ?

घर फर्कनेको घुइँचोले राजमार्गमा घण्टौं जाम

दसैं मनाउन राजधानी काठमाडौंबाट घर फर्किने यात्रुका कारण मुलुकभरका राजमार्गमा सवारी चाप बढेको छ । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम क्षेत्र र बीपी राजमार्ग हुँदै पूर्वी क्षेत्र जाने सवारी साधनको जाँचमा प्रहरीले कडाइ गरेको छ । तर पनि ठगिनु परेको यात्रुको गुनासो छ ।

दसैं लागेसँगै काठमाडौंको थानकोट नाकाबाट मात्रै दैनिक हजारौं सवारी साधन बाहिरिएका छन् । जीर्ण राजमार्गमा यात्रु र सवारी चाप बढ्दा दुर्घटना हुनसक्ने भन्दै प्रहरीले टाइम कार्ड लागू गरेको छ । थानकोटबाट छुटेको सयमयलाई आधार मानेर प्रहरीले ठाउाठाउामा जााच गरिरहेको छ ।

राजधानीबाहिर जाने सवारी साधनले रुट परिमट लिादा अनिवार्य यान्त्रिक परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ । लामो दूरीका सवारी साधनले दुई जना चालक राख्नुपर्ने नियममा पनि कडाइ गरिएको छ । यति हुँदाहुँदै पनि बीचमै यात्रु चढाउने र बढी भाडा असुल्ने क्रम नरोकिएको यात्रुको गुनासो छ ।चालकको लापरबाही दुर्घटनाको अर्को प्रमुख कारण हो ।

जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा मकवानपुरबाट ३ र धादिङबाट एक जना चालक पक्राउ परेका छन् । राजमार्गमा प्रहरीले रात्रिकालीन गस्ती बढाएको छ भने ठाउँअनुसार सवारी साधनमै हतियारसहितका सुरक्षाकर्मी राख्न थालिएको छ ।

Nagdhunga jam
307184742 6600496739983063 6902229099803593678 n