१४ बैशाख २०८१, शुक्रबार

रामचन्द्रलाई शेखरले भने : मिलेर चुनाब लडौं, म सभापति तपाईँ प्रधानमन्त्री

nepali congress ramchandra shekher koirala e1624889498913

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

भेटमा पौडेलले एकपटक कांग्रेसको सभापति बन्ने इच्छा छ, यो पटक मलाई सहयोग गर्नुस् भनेर शेखरसँग आग्रह गरेका थिए । तर शेखरले ‘तपाईं प्रधानमन्त्री बन्नूस्, म सभापति बन्छु’ भनेको भेटमा सहभागी एक नेताले जनाए ।

‘तपाईंहरुको उमेर, अनुभव र निष्ठाको राजनीतिका कारण प्रधानमन्त्री बनेर योगदान दिनुस्, तपाईंलाई आउने आम निर्वाचनमा पार्टीकातर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढाउन तयार छु,’ कोइरालाले पौडेललाई भनेका छन् ।