१५ बैशाख २०८१, शनिबार

भारत लैजान लागेको १ सय १६ कार्टुन सोफी मदिरा बरामद

madira

रौतहटस्थित बडहर्वाबाट भारत लैजाँदै गरेको अवस्थामा गए राति सशस्त्र प्रहरीले टायर गाडामा रहेको १ सय १६ कार्टुन सोंफी मदिरा बरामद गरेको छ ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा बागमती पारी भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त सोंफी मदिरा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल वि।ओ।पी। लक्ष्मीपुर बेलविछवाबाट खटिएको गस्ती टोलीले टायर गाडामा राखी लैजाँदै गरेको अवस्थामा १ सय १६ कार्टुन सोफी मदिरा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीले बताउनुभयो ।

नेपालबाट भारततर्फ टायर गाडामा सोफी राखेर भारततर्फ लगिरहेका तस्करहरूले प्रहरी टोलीलाई देख्नासाथ टायर गाडा छाडेर फरार भएको सशस्त्र प्रहरी उपरीक्षक ओलीले बताउनुभयो ।

बरामद सोफी २ लाख ९५ हजारभन्दा बढी मूल्यको भएको र भारतको बिहार राज्यमा मदिरा माथि प्रतिबन्ध लगाइएको कारण नेपालको सिमावर्यी जिल्लाहरूबाट भारततर्फ अवैध रूपमा मदिराको तस्करी हुने गरेको छ ।भारत लैजान लागेको १ सय १६ कार्टुन सोफी मदिरा बरामद