१४ बैशाख २०८१, शुक्रबार

पर्सामा निषेधाज्ञा असार २० गतेसम्म लम्ब्याइयो, पसल, व्यवसाय दिनभर नै खोल्न पाउने

Birgunj Bazaar 750x375 1

पर्सामा थप खुकुलो बनाएर असार २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार सूचना जारी गर्दै निषेधाज्ञा असार २० गते मध्यराति १२ बजेसम्म कायम राख्ने जानकारी दिएका छन् । यसपटक निषेधाज्ञालाई थप खुकुलो बनाउँदै पसल, व्यवसाय दिनभर नै खोल्न पाउने व्यवस्था गरिएको छ । पसल, व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्नुपर्ने प्रशासनले बताएको आएको छ ।

असार ७ गतेदेखि खाद्यवस्तु औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित सञ्चालन गर्ने र बाँकी अन्य सबै पसलहरु बिहान १० बजेदेखि ५ बजेसम्म खोल्ने गरिएको थियो । बजारमा पसल व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य मापदण्डको खासै पालना भइरहेको छैन । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले व्यवसाय सञ्चालन गर्ने वातवरण बनाइदिन माग गर्दै ज्ञापनपत्र बुझाए पनि उनीहरुको मागको विषयमा केही निर्णय गरिएको छैन । नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएपछि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ । असार ७ गतेदेखि भने निषेधाज्ञालाई केही खुकुलो गरिएको हो ।

असार ७ गतेदेखि नै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गराई स्थानीय तह अनुसार आलोपालो मिलाएर मानिसहरुको भीडभाड नहुने गरी सरकारी, सार्वजनिक, निजी कार्यालयहरुले सेवा प्रवाह गर्न र कार्य सञ्चालन गराइरहेका छन् । यस्तै निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन भएका छन् ।