१३ बैशाख २०८१, बिहीबार

आन्तरिक उडानको टिकट बुकिङ खुला

airliens
फाइल फोटो

असार १७ गतेबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ लिन थालेका छन् ।

बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ सुरु भएको जानकारी गराएका छन् । सरकारले साबिकको तुलनामा ५० प्रतिशत ननाघ्ने गरी आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो ।

वायुसेवा कम्पनीहरूका अनुसार यात्रुले मोबाइल एप, वेबसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत टिकट काट्न सक्ने छन् ।