१३ बैशाख २०८१, बिहीबार

धनुषामा टिपर चालकको रहस्यमय मृत्यु

IMG 20210627 081649

धनुषामा टिपर मुनि किचिएको अवस्थामा एक टिपर चालकको शव फेला परेको छ ।

धनुषाको सबैलामा चालक विष्णु आफूले चलाउने गरेको टिपर मुनि मृत अवस्थामा भेटिएका छन् । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय टिपर चालक विष्णु भनिने बुद्ध लामाको शव टिपरको चक्कामुनि किचिएको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर १० स्थित लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचिएको अवस्थामा बुद्धको शव फेला पारेका ईलाका प्रहरी कार्यालय सबैलाका निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

टिपरको चक्का र बालुवाले टाउको छोपिएको अवस्थामा शव भेटिएको थियो । घटना शनिबार साँझ भएकाले घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी निरिक्षक सिग्देलले बताए ।