१४ बैशाख २०८१, शुक्रबार

खेतमा पानी लगाउने विषयमा झडप, १५ जना घाइते

maulapurr 1140x570 1

रौतहटको मौलापुरमा शनिबार बिहान खेतमा पानी लगाउने विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । एसपी शाहका अनुसार साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको मौलापुरमै उपचार भइरहेको र सबै खतरामुक्त रहेको एसपी शाहले बताए । ‘घटनामा संलग्न सबै घाइते भएका छन् । अहिले सबैको अवस्था खतरामुक्त छ, उपचार भैरहेको छ,’ एसपी शाहले भने । दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ । अहिले अवस्था सामान्य भैसकेको एसपी शाहले बताए ।