१३ बैशाख २०८१, बिहीबार

असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुने

NEA

ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत कटौती हुन सक्ने

नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ ।

शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ । सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ । निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार बिद्युत आपूर्ति गरिने जनाइएको छ ।

यसैबीच कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म बिद्युत कटौती कम गर्ने प्रयासमा रहेको प्राधिकरणले जनाएको छ ।

204877043 646874340047519 5046658913387580312 n