१६ चैत्र २०८०, शुक्रबार

फ्लोयडका हत्यारालाई २२ वर्षको कैद सजाय

mcms

अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै २२ वर्षभन्दा बढीको सजाय तोकिएको छ । गत् मई २०२० मा मिनियापोलिसका एक अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेका थिए । घटनापछि प्रहरीको निर्ममता र रङ्गभेद बिरुद्ध विश्वब्यापी प्रदर्शन भएको थियो ।

अमेरिकी एक अदालतले उक्त आदेश विश्वासको जगमा टिकेको अधिकारीबाट नै निर्ममपूर्बक भएको यसप्रकारको घटनामा आधारित रहेको गरिएको जनाएका छन् । प्रहरी अधिकारी डेरेक चौभिनले ४८ वर्षीय फ्लोयडको घाँटीमा नौ मिनेटसम्म घुँडा राखेर थिचेपछि उहाँको मृत्यु भएको थियो ।

Indignazione e rabbia per la morte di George Floyd. Le colpe della polizia 780x470 1

४५ वर्षीय चौभिनका अधिवक्ताले भने मृत्युलाई गलतीको रुपमा स्वीकारेपनि भूलवश भएको तर्क गरेका थिए । चौभिनसँगै तीन अन्य अधिकारीमाथि छुट्टाछुट्टै आरोप पत्र दत्र्ता गरिएको थियो । फ्लोयडका परिवारजन र समर्थकले भने उक्त आदेशको स्वागत गरेका छन् ।

आदेशअघि फ्लोयडका भाई टेरेन्स फ्लोयडले उपलब्ध ४० वर्षको सजायको माँग गर्नुभएको थियो । राष्ट्रपति जोइ बाइडेनले आदेश उपयुक्त रहेको प्रतिक्रिया दिनुभयो । यद्दपी उहाँले आफूलाई आदेशको पूर्ण बिवरणबारे जानकारी नभएको बताउनुभयो ।