१३ बैशाख २०८१, बिहीबार

भिमाद नगरपालिका छुवाछुत तथा विभेदमुक्त घोषणा हुने

Bhimad metropolitan city

तनहुँको भिमाद नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरलाई सबै प्रकारका विभेदको अन्त्य गरी छुवाछुत मुक्त नगर घोषणा गर्ने भएको छ ।

नगर प्रमुख मेखबहादुर थापाले आर्थिक वर्ष २०७८/७९ को नीति, तथा कार्यक्रमहरू सार्वजनिक गर्नुहुँदै संवैधानिक र कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि नगरलाई छुवाछुतमुक्त गरिने बताउनुभयो । थापाले भिमाद नगरपालिकामा सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु अबको आवश्यकता भएको बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा नै समेटेर लक्षित वर्गलाई विकासको मूलधारमा ल्याउने नगरपालिको उद्देश्य रहेको स्पष्ट पार्नुभयो । नेपालको संविधान २०७२ को प्रस्तावनामा नै वर्गीय, जातीय, क्षत्रिय, भाषिक, धार्मिक,लैङ्गिक विभेद तथा सबै प्रकारको छुवाछुत जन्य कार्यको अन्त्य गरिसकेको छ । संविधानमा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधको रुपमा दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने कानुनी व्यवस्था रहेको छ ।

    सम्बन्धित समाचार...