१४ बैशाख २०८१, शुक्रबार

आज लागुऔषध दुरुपयोगविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै, नेपालमा वर्षेनी बढ्दो प्रयोगकर्ता

stop drugs

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज (शनिबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल सरकारले यस वर्ष ‘लागुऔषधरहित परिवारः स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीन दिने कार्ययोजनासहित विविध कार्यक्रमहरु संचालन गरिरहेको छ । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ ।

नेपालमा बढ्दो प्रयोगकर्ताः

नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या अझै बढ्ने क्रममा रहेको छ । संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध सम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वाषिर्क औसत वृद्धिदर ५।०६ प्रतिशत आँकलन गरिएको छ ।

नेपालमा लागुऔषध प्रयोगको अवस्था, प्रभावित समूह र क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले गरिएको सर्वेक्षणअनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता १ लाख ३० हजार ४ सय २४ पुगेको आँकलन छ जुन कूल जनसंख्याको झण्डै ०ं४८ प्रतिशत हो ।