१६ चैत्र २०८०, शुक्रबार

बाख्राले बिरुवा खाएपछि ज्यान मार्ने मुद्दा

YEMnyzfT 750x375 1

सिरहाको गोलबजारमा बाख्राले आँपको बिरुवा खाएपछि भएको सामान्य झगडामा ज्यान मार्ने उधोग मुद्दा दर्ता गरिएको छ ।

गोलबजार नगरपालिका ८ चोहर्वामा बिरुवा खाएको विषयमा स्थानीय स्तरमै भएको छलफलमा महिला महिलाबीच भएको सामान्य झगडामा गोलबजार ८ बस्ने रामपरीक्षण यादव र उनको भाई रामदयाल यादवमाथि इलाका प्रहरी कार्यालय गोलबजारले ज्यान मार्ने उधोग मुद्दा दर्ता गरेको छ । अनुसनधानको लागि गोलबजार प्रहरीको हिरासतमा राखिएको जनता समाजवादी पार्टी (जसपा) नेपाल गोलबजार नगरसमितिले जनाए ।

सामान्य झगडा कसरी ज्यानमार्ने तिर गयो भने प्रश्नमा जसपा गोलबजार नगरसमिति अध्यक्ष संजीव यादवले भने, प्रहरी प्रशासनले सत्ता, शक्ति, पहुँच एवं आर्थिक चलखेलमा परी राजकुमार यादवको जाहेरीमा रामपरीक्षण यादव र रामदयाल यादवमाथि मुद्दा दर्ता गराएको छ । नगर अध्यक्ष यादवले सामान्य झगडा नेकपा एमाले ओली समूहका नेता एवं कानूनमन्त्री लिलानाथ श्रेष्ठको दबाबमा ज्यान मार्ने उद्योग मुद्दामा परिणत भएको बताए । सामान्य झगडालाई अतिरन्जित र पदीय दुरुपयोग गरेको प्रति जसपा नेपाल गोलबजार नगरसमितिले भत्र्सना समेत गरेको छ ।

सामान्य झगडा ज्यान मार्ने उद्योगको मुद्दा बनेपछि स्थानीयहरु आक्रोशित भएको जसपा गोलबजार नगर समितिका सचिव सतिराम यादवले बताए । पत्रकार सम्मेलनमा जसपा नगर अध्यक्ष यादवले जसपा गोलबजार नगर समितिको सदस्य रामपरीक्षण यादव र रामदयाल यादवमाथी लगाइएको मुद्दा फिर्ता नलिए जसपा नेपाल गोलबजार नगरसमिति चरणवद्ध संघर्षमा उत्रिने बताए ।

दुइटै पक्षको महिला महिलाबीच भएको सामान्य झैझगडामा रामपरीक्षण यादव र रामदयाल यादवले कसैमाथि कुनै किसिमको प्रहार नगरेको र समाजिक छलफलमा त्यस्तो नभएको नगर अध्यक्ष यादवले बताए । उनी दुई जना माथि लगाइएको मुद्दा झुठो रहेको र फसाउने नियतले दर्ता गराएको छलफलमा सहभागी रामप्रसाद यादवले बताए । नेकपा एमाले ओली समूहले देश बर्बाद गर्नेतिर लागेकै छन् । उसको मन्त्रीले चोहर्वा गाउँ बर्बाद गर्नमा लागेको स्थानियहरुको कथन रहेको छ ।

सामाजिक छलफलकै क्रममा जेठ २४ गते भएको सामान्य झगडामा इलाका प्रहरी कार्यालय गोलबजारले ज्यानमार्ने उद्योग प्रकृतिको नभएको घटनालाई गोलबजारले कानूनमन्त्री कै दबाबमा ज्यान मार्ने उद्योगको मुद्दा चलाई समाज तहसनहस पार्ने काम भएको छलफलमा सहभागीहरुले आरोप लगाए । उनीहरुलाई ज्यानमार्ने उद्योगमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष कुमार राईले बताए ।