१४ बैशाख २०८१, शुक्रबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

rape
सांकेतिक तस्विर

झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लोकबहादुर र सोही ठाउँ बस्ने ४८ वर्षीय अर्बिन भन्ने ओम घतानी समेतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । साथै फरार रहेका ओमको प्रहरीले खोजी गरिरहेको छ ।

पर्सा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सागढी नगरपालिका-७ फुलबरिया बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय एकटाङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।