२० बैशाख २०८१, बिहीबार

छुवाछुत आरोपमा पक्राउ परेकी घरबेटी रिहा, शिक्षा मन्त्रीले आफ्नै गाडीमा राखेर लगे

Rupa Vs Pradhan 1

जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी रिहा भएकी छिन् । आज जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।

उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको सहयोगमा नै घरबेटी प्रधानलाई रिहा गरिएको थियो ।

बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न श्रेष्ठ प्रहरी कार्यालय पुगेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो।

    सम्बन्धित समाचार...