७ बैशाख २०८१, शुक्रबार

‘रोबर्ट’ फिल्म निर्माता दाजुभाईको हत्या गर्ने गुण्डा नाइके पोखरामा पक्राउ

16bgarrestP2

भारतको कन्नाडा फिल्म उद्योगका दाजुभाई निर्माता उमापाथी र दीपक ग्वादाको हत्याको आरोप लागेका फरार अभियुक्त पोखराबाट पक्राउ परेका छन् । गुण्डा नाइके भनिने करिया राजेश यसैसाता पोखराबाट पक्राउ परेका हुन् ।

भारतीय संचारमाध्यमका अनुसार हत्याको घटनापछि फरार भएका उनलाई पोखराको होटलबाट प्रहरीले पक्राउ गरेको थियो । ३७ वर्षे राजेशलाई नेपाल प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।

फिल्म निर्माता दाजुभाईको हत्याको आरोप राजेशमाथि लागेको थियो । प्रहरीले खोजी सुरु गरेपछि उनी नेपाल पसेका थिए । प्रहरीको अनुसन्धानमा राजेशको मिलेमतो दाउद इब्राहिमको ग्याङका सार्पसुटर सदस्य रसिद मालबारीका दाहिने हात मानिने बम्बे रविसँग पाइएको थियो ।

डिसेम्बर २०२० मा कन्नाडाको बिग बजेटको चर्चित फिल्म ‘रोबर्ट’ निर्माण गरेका उमापाथाी र ग्वादाको हत्या भएको थियो । मार्च ११, २०२१ मा उक्त फिल्म रिलिज भएको थियो । पोखराको होटलमा रहेर उनले फिल्म निर्माणका लागि पैसा जुटाउन विभिन्न व्यापारीसँग फिरौती माग्ने गरेको प्रहरीले अनुसन्धान गर्दा फेला गरेको छ । । ती दाजुभाईको हत्यामा फिल्मको व्यापार मुख्य कारण रहेको प्रहरी छानविनबाट खुलेको छ ।

द हिन्दू अखबारका अनुसार राजेश र रविले मृतक दाजुभाई फिल्म निर्माताबाट ३० लाख भारु मागेका थिए । पैसा मागेपछि उनीहरुले नदिएको समेत जनाइएको छ । घटनामा आरोपित अन्य ११ जनालाई प्रहरीले पक्राउ गरेपनि बम्बे रवि र राजेश फरार थिए । रविले भारत छाडेर भागेको र राजेश नेपालमा रहेको प्रहरीले जानकारी पाएको थियो ।