१४ बैशाख २०८१, शुक्रबार

बालिका हत्याका मुख्य अभियुक्त पक्राउ

IMG 20210621 180219 800x445 copy 750x375 1

प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षीया बालिकाको घाँटी रेटी हत्या गरिएको घटनामा गाउँकै एक युवाको संलग्नता पुष्टि गरेको छ ।

स्थानिय १९ वर्षीय रोहित कुमार यादवले बलात्कार प्रयास बिफल भएपछि तथा आफ्नो पहिचान खुल्ने डरले बालिकाको हत्या गरेको अनुसन्धानमा खुलेको हो । शुक्रबार बाख्रा चराउन गएकी डाक्नेश्वरी नगरपालिका ३ की शिवानीकुमारी यादवको हत्या भएको थियो । अबेर साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीको सहयोगमा खोज्दै जाँदा सोही वडाको हटैलस्थित आँप बगैचा नजिकै बाँसघारीमा घाँटी रेटिएको तथा हत्यामा प्रयोग भएका हँसिया, बालिकाको दुई खुटाको बीचमा गाडिएको अवस्थामा मृत शरिर फेला परेको थियो ।

अनुसन्धानको क्रममा जिल्ला प्रहरीका साथै संघीय र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट विशेष प्रहरी टोली परिचालित थिए । त्यस्तै तालिम प्राप्त कुकुरको समेत सहयोग लिइएको थियो । तीन दिन लगातारका अनुसन्धानपछि मुख्य अपराधी पक्राउ गर्न सफलता मिलेको एसपी राजेन्द्र धमलाले बताए । कुकुरले गरेको संकेत तथा घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा हत्यारा आइतबार राती भारततर्फ भाग्न खोज्दै गरेको अवस्थामा पक्राउ परेको उनले जानकारी दिए । उनका अनुसार बाख्रा चराउन निस्केकी शिवानी आँप बगैचामा पुगेपछि आँप टिप्न लागेकी थिइन् ।

सोही स्थानमा घास काट्दै गरेका रोहितले एकान्तमा देखेर मुख थुनी बाँसघारीमा लगि लडाएर बलात्कारको प्रयास गरेका थिए । तर, शिवानी आमालाई भनिदिन्छु भन्दै चिच्याउन थालेपछि पोल र पहिचान खुल्ने डरले हँसियाले घाँटी रेटेर मारेको रोहितले स्वीकारेका छन् । प्रहरीले रोहितलाई सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । यता बालिकाको हत्यापछि गाउँमा त्रास छ । सो बस्तीका महिला तथा बालबालिका पशु चौपाया चराउन चौर र जंगलमा जान छाडेका छन् । स्थानियले पक्राउ परेका यादवमाथि कडा भन्दा कडा कारवाहीको माँग गरेका छन् ।