१४ बैशाख २०८१, शुक्रबार

देउवाले भनेः म सभापतिमा फेरि लड्छु, काँग्रेसमा मेरो विकल्प छैन

sher bahadur deuba
फाइल फोटो

कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने बताएका छन्। आज बुढानिलकण्ठमा आफूनिकट प्रदेश १ का केन्द्रीय नेताहरुसँग छलफल गर्दै सभापतिमा दोहोरिने बताएका हुन्। शोधित कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ। म सभापतिमा फेरि लड्छु,काँग्रेसमा मेरो विकल्प छैन ।

मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको छ,देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेस नेता रामहरि खतिवडाले बताए।कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ।