८ बैशाख २०८१, शनिबार

शनिबार थप २,४०१ जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु

corona insurance

नेपालमा शनिबार थप २,४०१ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १० पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टीजेन परिक्षणका क्रममा ७१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएका छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ । त्यस्तै थप ३ हजार ६ सय ६० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ५३ हजार ३४२ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५७ हजार ६१८ सक्रिय संक्रमित आइशोलेशन र ४४१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३२ लाख ६२ हजार ५८९ वटा पिसिआर र १ लाख ३८ हजार ३१३ एन्टीजेन परिक्षण गरिएको छ ।