१५ चैत्र २०८०, बिहीबार

काठमाडौंमा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी

lockdown 11

काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ ।

‘‘उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएका छौँ । एकैपटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जानेमा हामी सजग छौँ,” प्रजिअ पराजुलीले भने, ‘‘त्यसैले पनि निषेधाज्ञा हटाइहाल्न मिल्दैन । चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने हो । पछिल्लो समय निषेधाज्ञामा कडाइ गर्नेभन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर लागेका छौँ ।”

अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यानकेन्द्रित भएको उनले बताए ।