
सांकेतिक तस्विर
डडेल्धुरामा एक युवतीको शब फेला परेको छ । जिल्लााको परशुराम नगरपालिका ८ जमरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामीको शब शनिबार हट्वानी सामुदायिक बनमा फेला परेको हो ।
उनी असार २ गते स्वास्थ्य सामाग्री पुर्याउन जोगबुडा अस्पताल हिडेकी थिईन । वनमा बीभत्स अबस्थामा उनको शब फेला परेको स्थानियले बताएका छन । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।