८ बैशाख २०८१, शनिबार

चितवनमा ५४ कोरोना संक्रमित थपिए, दुईको मृत्यु, आईसीयू र भेन्टिलेटरमा ११९ जनाको उपचार हुँदै

covid death

चितवनमा विगत २४ घण्टामा ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार थपिएका संक्रमितमध्य भरतपुर महानगरपालिकाका ४० जना, खैरहनी नगरपालिकाका ४ जना, माडीका २ जना, रत्ननगरका २ जना, राप्तीका ३ जना र कालिका नगरपालिकाको ३ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ३०८ जना रहेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा ११२ जना, सार्वजनिक आइसोलेसनमा ३७ जना र घरमा आइसोलेसनमा सबैभन्दा धेरै एक हजार १५९ जना रहेका छन् ।

त्यसैगरी चितवनमा विगत २४ घण्टामा दुई जना कोरोना संक्रमितको निधन भएको छ । जसमध्ये भरतपुर अस्पतालमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् । चितवनका विभिन्न अस्पतालमा २३४ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ९३ जना, भेन्टिलेटरमा २६ जना, एचडीयूमा ३६ जना र जेनरल बेडमा १०५ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २४ जना कोरोनाका बिरामी डिस्चार्ज भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उपलब्ध छ ।