४ बैशाख २०८१, मंगलवार

२६ लाख बराबरको केराउ बरामद

yyyy2021 06 18 02 24 59 20210618151509

कञ्चनपुरमा झण्डै २६ लाखको केराउ बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको टोलीले २५ लाख ९० हजार मूल्यको केराउ ट्रयाक्टरसहित बरामद गरेको हो।

बेलौरी नगरपालिका -२ स्थित भारतीय सीमा नजिकबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको सु.प.प्र.०१–००२ त ४७०९ र से १ त ५४६५ नम्बरको ट्रयाक्टरमा ल्याइएका ६६० कट्टा केरा, ट्रयाक्टर र ट्रालिसहित बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।

बरामद केराउ ट्रयाक्टर र ट्रालिसहित आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको जनाएको छ ।