१५ चैत्र २०८०, बिहीबार

ब्राउन सुगर सहित ४ पक्राउ

laguausadh photo

लागु औषध ब्राउन सुगर कारोवारमा संलग्न रहेका चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ पथरीशनिश्चरे नगरपालिकाका नारायण परियार र कृष्ण दर्नालको साथबाट १३ ग्राम आठ सय मिलिग्राम ब्राउन सुगर र तौल नाप्ने डिजिटल मेसीन बरामद पछि दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले बिहीबार राति १०:३० बजेतिर कानेपोखरी–२ का ३१ वर्षीय हर्क विष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट दुई ग्राम चार सय मिलिग्राम ब्राउन सुगर बरामद भएको एसपी श्रेष्ठले बताए । पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चार जना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।