२६ बैशाख २०८१, बुधबार

उदयपुरकाे गाईघाट बजारमा विषादीयुक्त आँप बिक्रीमा

Mango
फाइल फोटो

जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको गाईघाटका स्थानीयवासीले बताएका छन् ।

बिषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपले उपभोक्ताको स्वास्थ्यमा हानी हुन सक्ने उनीहरुके भनाइ छ । त्रियुगा नगरपालिका-११ गाईघाटका सन्तोषी कार्कीका अनुसार आँप किनेर लगेर खाएपछि पखाला लागेको बताउनुभयो । यस्ता विषादीयुक्त पदार्थहरु मिसाएर पकाएका आँपहरु अहिले प्रतिकिलो सय रुपैयाँभन्दा माथि महँगो मूल्यमा व्यापारीहरुले बिक्री गर्ने गरेको त्रियुगा नगरपालिका-१० बोक्सेका स्थानीयवासी दुर्गा खड्का बताउनुहुन्छ । त्रियुगा नगरपालिका-११ जनप्रेमी टोलका कुमार रोकाका अनुसार अहिले गाईघाट बजारमा बिक्री हुने गरेका आँपहरुमध्ये ५० प्रतिशत भारतबाट ल्याइएको हुनसक्ने बताइएको छ ।