१४ बैशाख २०८१, शुक्रबार

सप्तरीमा एक व्यक्तिको कुटपिट गरी हत्या गर्ने चार युवक जेल चलान

pakrai 750x375 1

सप्तरीमा एक व्यक्तिको कुटपिट गरी हत्या गरेकाे आरोपमा चार जना युवक पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सप्तरीको खडक नगरपालिका वडा न.५ का ३० वर्षीय बिनय कुमार यादव, ३० वर्षीय मनोज कुमार यादव, २४ वर्षीय मुकेश कुमार यादव र ३१ वर्षीय महेशकुमार पासवान सप्तरी जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हाे। उनीहरुलाई सप्तरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
गएको जेठ ६ गते दिउँसो सप्तरीकै रुपनी गाउँपालिका १ रायपुरबाट राजविराज तर्फ जाने सडक खण्डमा उनीहरुले खुकुरी लगायतको हतियार प्रयोग गरी सप्तरीको खडक नगरपालिका वडा न. ५ का ५० वर्षीय रामदल यादवलाई उनीहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटना लगतै चारजना पक्राउ परेका थिए ।यता साे घटनामा संलग्न अन्य केहि व्यक्तिहरु फरार र उनीहरुको खोजविन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।