७ बैशाख २०८१, शुक्रबार

गम्छाले घाँटी कसेर श्रीमती मारे अनि आफैं प्रहरी कार्यालय गए

hatya muder
सांकेतिक तस्विर

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नी पत्नी २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय (अर्घाखाँची) का प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

दुईजना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरेँ’ भनी भुसाल आफैँ इलाका प्रहरी कार्यालय (खन) मा गएका थिए । प्रहरी निरीक्षक पौडेलका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।