१४ बैशाख २०८१, शुक्रबार

“म केही गर्छु” दुइ लाख ५० हजार पुरस्कारको लघु फिल्म प्रतियोताको घोषणा

202062383 179853604084662 2736378823293560043 n

राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ ।

लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग हुने अपेक्षा आयोजक संस्थाले आयोजना गरेको हो ।

यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।

कोभिड-१९ को विश्वब्यापी माहामारीको रोकथाम तथा नियन्त्रणका सन्धर्भमा राष्ट्रिय युवा संघ नेपालले सुरुवाती चरणदेखिनै आफ्नो स्व्यंसेवी भूमिका प्रभाबकारी रुपमा संचालन गरिरहेको भन्दै अध्यक्ष किरण पौडेलले आम युवासरोकार र चासोका बिषयहरु पनि सम्बोधन गर्ने उदेश्यप्रति संगठन कृयाशिल रहेको बताए ।

‘प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान,प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले पनि सहभागिता जनाउन सक्नेछन् ।’ संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ति

अहिलेको समयलाई सूचना प्रविधिको युग भनिन्छ अनि यी दुवैको प्रयोग हुने उत्तम माध्यम भनेको सिनेमा । हजारौं शब्दले भन्नुपर्ने कुरालाई सिनेमाले सेकेन्डभरको एक दृश्यले अभिव्यक्त गर्छ । सिनेमाको यही सामथ्र्थलाई सम्मान गर्दै राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्न गइरहेको जानकारी गराउन चाहान्छौँ । प्रतियोगिता NYF SHORT FILM COMPETTION-2078
नाममा सञ्चालन हुनेछ । लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान,प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले पनि सहभागिता जनाउन सक्नेछन् ।
युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्रनिर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोच सहित हुन लागेको यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट हाम्रो ठेगाना ([email protected])मा पठाइसक्नुपर्नेछ । यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ । जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्नेछन् ।
राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ । आवेदन तथा प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी यहाँहरुले ९८६०००६२२७ मा फोन गरेर पनि लिन सक्नुहुनेछ ।
कोभिड (१९ को विश्वब्यापी माहामारीको रोकथाम तथा नियन्त्रणका सन्धर्भमा राष्ट्रिय युवा संघ नेपालले सुरुवाती चरणदेखिनै आफ्नो स्व्यंसेवी भूमिका प्रभाबकारी रुपमा संचालन गरिरहेको जानकारी गराउन चाहन्छौ । अहिलेको यस मुख्य दायित्वका आलावा आम युवासरोकार र चासोका बिषयहरु पनि सम्बोधन गर्ने उदेश्य प्रति हाम्रो संगठन कृयाशिल रहिआएको छ ।
([email protected])
किरण पौडेल
अध्यक्ष
राष्ट्रिय युवा संघ नेपाल