१६ चैत्र २०८०, शुक्रबार

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पोखरेल

krishna chandra nepali

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज (शुक्रबार) विश्वासको मत लिँदै हुनुहुन्छ । बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री पोखरेललाई कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।

विपक्षमा एमालेका २७ सांसद रहनुभएको छ। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ। यो सँगै प्रदेशसभामा बहुमत पुर्याउनका लागि ३० मत आवश्यक हुन्छ ।